back
NMB ad

दुधकोसी जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन माग

Kumari bank ad

खोटाङ । ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउने एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले जिल्ला प्रशासन कार्यालय खोटाङलाई आग्रह गरेका छन् ।

बहुचर्चित दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका निजी जग्गा अधिग्रहण प्रकृया अघि बढिसकेको अवस्थामा केन्द्रीय सदस्य पौडेलले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलाई सोमबार ज्ञापन–पत्र बुझाउँदै जग्गाधनीलाई चाँडोभन्दा चाँडो यथोचित मुआब्जा दिएर आयोजना निर्माण अघि बढाउन पहल र समन्वय गर्न आग्रह गरेका हुन् ।

जिल्लामा सम्झौताअनुसारको काम गर्न गराउन अगुवाई र पहल गर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको पनि भएकाले उल्लेख गर्दै पौडेलले दुधकोसी जलाशययुक्त आयोजनाको काममा भएको ढिलासुस्ती अन्त्या गर्न ध्यानाकर्षण गराएका हुन् ।

पौडेलले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनामा भइरहेको चरम ढिलासुस्ती अन्त्य गर्दै तत्काल काम सम्पन्न गर्न, पालिका, सदरमुकाम र जिल्लाका प्रमुख सडकहरुको स्तरोन्तती र कालोपत्रेको काम तत्काल गर्न समन्वय गर्न, सम्झौता गरी ढिलासुस्ती र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तरगत जयरामघाट–हलेसी सडक खण्डको कामको जिम्मा लिइ काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याएर सडक मर्मत तथा स्तरोन्नतीको लागि तत्काल पहल गर्न, सुनकोसी नदीको धाप्लाङघाट पुल निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्याकालागि पहल गर्न, काममा ढिलाइ गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन् ।

पौडेलले महुरे–फोक्सिङटार सडक कालोपत्रेलाई तीव्रता दिन आवश्यक पहल गर्न, मध्यपहाडीकै चखेवा–दिक्तेल सडक खण्डको बाँझेदेखि चखेवासम्मको सडक निर्माणका लागि आवश्यक पहल गर्न, जिल्लाको दक्षिणी क्षेत्रका पालिकामा विद्युतीकरणका लागि सम्बन्धित निकायमा पहल गर्न, जिल्ला अस्पतालको सेवालाई प्रभावकारी बनाउँदै पालिका स्तरिय अस्पतालको भौतिक निर्माण र जनशक्ति व्यवस्थापनमा पहल गर्न आग्रह गरेका छन् ।

यस्तै, दक्ष जनशक्ति र आवश्यक भौतिक संरचनाहरू निर्माण गरी महुरेगढी प्राविधिक शिक्षालयलाई प्रदेशकै प्राविधिक शिक्षाको केन्द्र निर्माण गर्ने गरी आवश्यक पहल र अगुवाई गर्न, आवश्यकता पहिचान गरी भौतिक संरचना र गुणस्तर सुधार गर्दै शैक्षिक उन्नयनका लागि पहल गर्न ध्यानाकृष्ट गराएको केन्द्रीय सदस्य पौडेलले बताए ।

वि.सं.२०७९ मंसिर २६ सोमवार १४:२९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...