काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ३ करोड २० लाख कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैंया देखि अधिकतम ३०० रुपैंयासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल पिएचसिएल रहेको छ ।
कम्पनीले स्थानिय बासिन्दाहरुमा वितरण गरिएको ३२ लाख कित्ता, सर्वसाधारणको लागि वितरण गरेको ४८ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड ४० लाख कित्ता गरेर कुल ३ करोड २० लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७९ मंसिर २७ मंगलवार १४:३६ मा प्रकाशित