back
NMB ad

विद्युतीय चुल्होलाई प्रवर्द्धन गर्न विज्ञहरुको जोड

Kumari bank ad

काठमाडौं ।  नेपालीको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहान गर्नुपर्ने विज्ञहरुले जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आयोजना गरेको ‘स्वच्छ खाना पकाउने उर्जा’ विषयक अन्तर्क्रियामा सहभागीले स्वच्छ खाना पकाउने उर्जा प्रयोग बढाउन आवश्यक रहेको बताएका हुन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकालले भने, ‘सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जाने सरकारको लक्ष्य छ ।’

सरकारी तथ्याङ्क अनुसार सन् २००९मा परम्परागत शैलीमा खाना पकाउने नेपालीहरु ८७.१ प्रतिशत रहेकोमा यो वर्षसम्ममा सो दर घटेर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइठा लगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपालीहरु ६५ प्रतिशत हाराहारी छन् ।

सन् २००९मा वैकल्पिक उर्जाको प्रयोग शून्य दशमलव ७ प्रतिशत रहेकोमा सो दर बढेर हाल ३ प्रतिशत पुगेको केन्द्रका नायव कार्यकारी निर्देशक ढकालले जानकारी दिए ।

विद्युतीय चुलो, राइसकुकर लगायतका उपकरण चलाउन अभ्यस्त नहुँदा धेरै नेपाली यस्तो अभ्याससँग घुलमिल हुन नसकेका उनको ठहर छ । ग्यास भन्दा विद्युतीय चुलोमा प्रयोग निकै सस्तो हुने विज्ञहरुको तर्क छ ।

जनताका लागि उर्जा तथा वातावरण विकास संस्था (पीडा)का प्रमुख कार्यकारी अधिकृत बिराज गौतमले परम्परागत उर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यममको भूमिका महत्वपूर्ण हुने बताए । विद्युत आपूर्ति सुनिश्चित हुँदा धेरै उपभोक्ताले आधुनिक भान्सातर्फ चासो राख्ने उनको धारणा छ ।

आधुनिक चुलोको प्रयोगले समयको वचत र मानव स्वास्थ्य सुधार हुने उर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठको अनुभव छ । घर, भान्सा र भाडावर्तन फोहोर ज्यादै न्यून हुने भएकाले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको श्रेष्ठले बताइन् ।

खाना पकाउने र भान्साको काम महिलाको मात्रै हो भन्ने बुझाईलाई परिवर्तन गर्न सके विद्युतीय चुलोको प्रयोग कर्ता धेरै बढाउन सकिने उनको ठहर छ ।

सकारको सन् २०४५ भित्र कार्बन उत्सर्जन शुन्यमा पुयाउने, सन् २०२५ भित्र ५ लाख र सन् २०३० सम्ममा २५ प्रतिशत धरघुरीले विद्युतीय माध्यमबाट खाना पकाउन अपनाउने लगायतका विभिन्न लक्ष्य लिएको छ ।

वि.सं.२०७९ मंसिर २८ बुधवार ०७:४७ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...