काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आज मंसिर २८ गते बुधबारदेखि संस्थापक समूहको ४० लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।
बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १२६ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १२६ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पुस १३ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।
यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
वि.सं.२०७९ मंसिर २८ बुधवार ०८:१४ मा प्रकाशित