काठमाडौं । सयपत्री हाइड्रोपावरले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालको समितिको बैठकले पुस २३ गते सभा गर्ने निर्णय गरेको हो ।
सभा सूर्य क्याटरिङ एन्ड पार्टी प्यालेस, धुम्बाराही, काठमाडौंमा बिहान साढे ८ बजे सुरु हुनेछ । कम्पनीले यस वर्ष सेयरधनीलाई कुनै लाभांश प्रस्ताव गरेको छैन ।
सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने सम्बन्धमा प्रस्ताव हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएको छ यसकारण, पुस १० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०७९ पुस १ शुक्रवार १२:५७ मा प्रकाशित