काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । उक्त दिन सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको कारोबार भएको छ । आज बैंकको ६ करोड ९३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ५ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन हिमालयन डिस्टिलरीको ४ करोड २७ लाख ९० हजार रुपैयाँ, नेपाल दुरसंचार कम्पनीको ३ करोड ७६ लाख ६४ हजार रुपैयाँ र पिपुल्स हाइड्रोपावर कम्पनीको ३ करोड २८ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०७९ पुस ४ सोमवार १५:११ मा प्रकाशित