काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आंधीखोला लघुवित्तको शेयर कारोबार फुकुवा गरेको छ ।
धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि लघुवित्तले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो।
सोही अनुसार सोमबारदेखि लघुवित्तको आधारभुत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ। अब संस्थाको शेयर पुस ५ गते मंगलबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०७९ पुस ४ सोमवार १५:५९ मा प्रकाशित