काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको थप शेयर सूचीकृत भएको छ ।
कम्पनीले साविकको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई १ः०.७६ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर सूचीकृत भएको हो ।
मिर्मिरे लघुवित्तले साविक बुद्धज्योती लघुवित्तको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ९१ हजार २०० कित्ता शेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७९ पुस ४ सोमवार १६:०६ मा प्रकाशित