back
NMB ad

यी ४ कम्पनीको साधारण सभा आह्वान, यस्ता छन् एजेण्डाहरु

Kumari bank ad

काठमाडौं । यतिबेला विभिन्न कम्पनीहरूले लाभांश घोषणा गर्दै लाभांश प्रस्ताव अनुमोदन गर्न वार्षिक साधारण सभा बोलाइरहेका छन्।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले पुस २६ गते, मंगलबार, अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको हो।

सो सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ९ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य विकास बैंक वा कुनै बैंक तथा वित्तीय संस्थासँग प्राप्ति सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १३ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

युनाइटेड इन्स्योरेन्स

युनाइटेड इन्स्योरेन्सले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पनि सो सभाले पारित गर्नेछ ।

यस्तै, वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सानमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एकदिन बुक क्लोज गर्दैछ । तसर्थ, पुस १६ गतेसम्म कायम लगानीकर्ताले लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।

मैलुङ्ग खोला जलविद्युत कम्पनी

मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडले नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा पुस २६ गते, मंगलबार, लैनचौर ब्याङ्कवेट, लैनचौरमा सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले कम्पनीको ठेगाना परिवर्तन भएको हुँदा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

इमर्जिङ्ग नेपाल

इमर्जिङ्ग नेपाल लिमिटेडले सातौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले बानेश्वर ब्याङ्कवेट, थापागाउँ, नयाँ बानेश्वरमा पुस २८ गते बिहीबार बिहान ११ बजे सो सभा बोलाएको हो।

सभाले कम्पनीको सहायक कम्पनी ‘होटल एलिस द वोण्डर इन लिमिटेड’ को वित्तीय विवरण स्वीकृत गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

वि.सं.२०७९ पुस ५ मंगलवार १०:२६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...