back
NMB ad

हिमालयन बैंक बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा होटल सोल्टी, काठमाडौंमा पुस २८ गते बिहान ११ बजे सुरु हुनेछ ।

सभामा सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

यस्तै, सम्पति तथा दायित्व मूल्यांकनका आधारमा तय भएको १००ः८०.२८ सेयर स्वाप अनुपातमा सिभिल बैंकलाई एक्वायर गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । अर्थात, उक्त स्वाप रेसियोका आधारमा सिभिल बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने छन् ।

एक्विजिसन प्रक्रियामा भएका सम्पूण समझदारी र सम्झौताहरुलाई पनि सभामार्फत अनुमोदन गरिने भएको छ । एक्विजिसन पश्चात हिमालयन बैंककै नामबाट एकीकृत कारोबार गर्न सभाबाट स्वीकृति लिने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि पुस १८ गतेदेखि बुक क्लोज हुनेछ । यसर्थ, पुस १७ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


वि.सं.२०७९ पुस ७ बिहीवार १०:२८ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...