काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस ७ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले आव २०७८/७९ को वितरण योग्य नाफाबाट २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि ) गरी जम्मा २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अब राष्ट्र बैंकबाट स्विकृत भई आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।
वि.सं.२०७९ पुस ७ बिहीवार १०:३७ मा प्रकाशित