काठमाडौं । लाभांश घोषणा सूचना प्रकाशित भए लगत्तै दुई कम्पनीको नेप्सेले कारोबार रोक्का गरिदिएकोछ ।
नेप्सेले मल्टिपर्पस फाइनान्स र कालिका पावर कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।
दुई कम्पनीले पुस ६ गते बुधबार लाभांशबारे निर्णय गरेर आज पुस ७ गते बिहीबार मात्र कारोबार समयमा सार्वजनिक गरेपछि नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का राख्दै स्पष्टिकरण सोधेको हो ।
लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने ब्यबस्था छ ।
वि.सं.२०७९ पुस ७ बिहीवार १४:१५ मा प्रकाशित