काठमाडौं । आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । उक्त दिन सेयर बजार ०.०१ अंकले घटेको हो ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक १८६७.२१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा सूचिकृत २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन नेप्सेमा रहेको ३ वटा उपसूचक बाहेक सबैमा राताम्मै भएको छ ।
उक्त दिन आँधिखोला लघुवित्तको ७.७० प्रतिशतले शेयर मुल्य घटेको छ । त्यस्तै, बलेफी हाइड्रोपावरको ५.४९ प्रतिशत, सोल्टी होटलको ४.७६ प्रतिशत, इस्टर्न हाइड्रोपावरको ३.९९प्रतिशत ले शेयर मूल्य घटेको छ ।
वि.सं.२०७९ पुस ७ बिहीवार १५:०९ मा प्रकाशित