काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले पुस ७ गते सम्पन्न संचालक समितिको बैठकले लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
आर्थिक वर्ष ७८/७९ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
वि.सं.२०७९ पुस ८ शुक्रवार १०:२९ मा प्रकाशित