back
NMB ad

ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

Kumari bank ad

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९, धारापानी, महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. १, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. २, गराँसमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी बैंकले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ९, बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका वडा नं. ७, हरैयापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २८३ पुगेको छ ।

बैंकले ढल्केबार शाखा अन्तर्गत रहने धारापानीको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय बिशाल कुमार भुजेल, बर्दिबास शाखा अन्तर्गत रहने मनरा शिसवाको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय शाह जेनरल स्टोर्स, वामी शाखा अन्तर्गत रहने बडागाउँ, नेटाको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय बोम बहादुर छन्तेल र वामी शाखा अन्तर्गत रहने मुसिकोट, देउरालीको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय मदन दिप घिमिरेलाई प्रतिनिधि नियुक्त गरेको छ ।

त्यसैगरी, बैंकले कटारी शाखा अन्तर्गत रहने गराँसको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय राज कुमार कार्की, पोखराथोक शाखा अन्तर्गत रहने धातिवाङ्गको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय मनिराम पौडेल, चन्द«ौटा शाखा अन्तर्गत रहने बानियाभारको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय जयन्ती गिरी र लम्की शाखा अन्तर्गत रहने हरैयापुरको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय जय बहादुर खत्रीलाई प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, युटीएल तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ९०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७९ पुस ८ शुक्रवार १५:०३ मा प्रकाशित

You can share this post!

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...