back
NMB ad

सगरमाथा इन्स्योरेन्सद्वारा मौषममा आधारित धानबाली बीमाको क्षतिपुर्ति प्रदान 

Kumari bank ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ जना कृषकहरुलाई क्षतिपुर्ति वापत बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले धानबालीमा क्षति पुगेकोमा ३१ कृषकलाई कुल ४ लाख एक हजार ४९९ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरण स्वीकृतिबाट पाइलटिङ बीमा योजनाको रुपमा जारी गरिएको “बाढी सूचकाङ्कका आधारमा सामुहिक धान खेती बीमा” कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नं. ३ भित्रका दश वटा कृषक समुहहरुका १०० जना कृषकहरुको चालिस हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित “भूमी अनुसन्धान तथा नीति संम्वादका लागि सहकार्य ‘तथा ‘युसेड तयार नेपाल’ को इम्प्रुभ्ड डिजास्टर रिस्क म्यानेजमेन्ट प्रोजेक्ट’ अन्तर्गतको आर्थिक सहयोगमा संचालित परियोजना ‘टेस्टिङ द फिजिबिलिटि अफ इन्डेक्स–बेस्ड एग्रिकल्चर इन्सुरेन्स अगेन्स्ट वाटर–इन्डक्ट डिजास्टर इन नेपाल’ अन्तर्गत कैलाली जिल्लाका कृषकहरुको धान बालीको जोखिम वहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो ।

सोहि बीमालेख अन्तर्गत बीमा गरिएको धानबालीहरुमा मिति २०७९ असोजे ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानी वहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्क भन्दा बढी भई धानबालीमा क्षति पुगेकोमा २०७९ पौष १० गतेका दिन भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्य, कोलार्पका प्रतिनिधिको उपस्थितिमा सगरमाथा इन्स्योरेन्स कम्पनीका अण्डरराइटिङ विभाग प्रमुख दिबस तिमल्सेनाले बाढीका कारण धान खेतिमा क्षति पुगेका ३१ जना कृषकहरुलाई क्षतिपुर्ति बापत जम्मा रकम रु ४ लाख १ हजार ४९९ रुपैंया दावी भुक्तानी गर्नु भयो ।

वि.सं.२०७९ पुस ११ सोमवार १३:१० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...