काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश बिक्रम खत्री नियुक्त भएका छन् ।
इन्स्योरेन्सको पुस ७ गते बसेको संचालक समितिको बैठकले खत्रीलाई सिइओमा नियुक्त गरेको हो ।
संचालक समितिले खत्रीलाईसूर्यज्योति लाइफको सिइओमा नियुक्ति स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गरेकोमा प्राधिकरणले पुस ८ गते स्वीकृत प्रदान गरेको हो ।
कम्पनीले खत्रीलाई आगामी ४ वर्षका लागि सूर्यलाइफ इन्स्योरेन्सको सिइओमा नियुक्त गरेको हो ।
वि.सं.२०७९ पुस ११ सोमवार १६:११ मा प्रकाशित