back
NMB ad

थप २ हाइड्रोपावरले पाए आईपिओ निष्काशनको अनुमति

Kumari bank ad

काठमाडौं । थप २ हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । दुवै कम्पनीले पुस ७ गते बोर्डबाट अनुमति पाएका हुन् ।

मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यस कम्पनीले दोलखामा २ वटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । दुई आयोजनाको कुल क्षमता १३.४ मेगावट रहेको छ ।

त्यस्तै सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

वि.सं.२०७९ पुस १२ मंगलवार १०:५५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...