काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार खुल्ला गरेको छ ।
धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि इन्स्योरेन्सले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो।
सोही अनुसार मंगलबारदेखि इन्स्योरेन्सको आधारभुत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ। अब संस्थाको शेयर पुस १३ गते बुधबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०७९ पुस १२ मंगलवार १५:३८ मा प्रकाशित