back
NMB ad

तुलाको काम सफल हुने, अन्य राशिको कस्तो छ आज ?

Kumari bank ad

आजको पात्रो : १३ पुस २०७९, बुधबार । तद्नुसार डिसेम्बर २८ तारिक २०२२ । पौषशुक्लपक्ष षष्ठी, कौलव करण, शतभिषा नक्षत्र, सिद्धि योग, चन्द्रमा कुभ्म राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५४ मा हुनेछ भने सूर्यास्त ५ः१८ मा हुनेछ ।

आजका देवता गणेश र ग्रहदेव बुध हुन् । बुधबार घर गृहस्थसम्बन्धी कार्यका समय दिँदा उत्तम हुनेछ । ऋण लिनु परेमा बुधबार शुभ रहनेछ । अचल सम्पत्तिको कारोबार पनि उत्तम मानिँदैन । छोटो दुरीको यात्राका लागि आजको दिन शुभ रहेको छ । व्यापार व्यवसाय शुरुवात गर्न, भवन निर्माणको कामका लागि पनि आज राम्रो रहेको छ । आज ११ः४५ देखि १२ः३६ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा आजको सबैभन्दा शुभ समय हो ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । मित्रजन र घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफूले गरेको गल्तीको समीक्षा गर्नुपर्ने हुन्छ । आफन्तजनबाट अपमान हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपजस आउनसक्छ । आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर पालना गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ ।  मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । मनमा अनेन कुरा नखेलाउनु होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोच लिनु वेश हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईले आजको दिन सुुरु गरेको काम सफल हुनेछ । सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशिका जातकका लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा उन्नति र प्रगतिको बाटो खुल्नेछन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नु अघि एकपटक सोच्नुहोला । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच विवाद हुनसक्छ । त्यसैले वादविवादमा नफस्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर वा देवालयमा जानु वेश हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले कामको अबमूल्यन गर्नसक्छन् । चन्द्रमाको साथ छ, सूर्योदयको दर्शन गर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्वास्थ्यमा समस्या छ भने पनि निको हुँदै जानेछ । बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्निु पर्ने हुनसक्छ । आजको दिन हरेक काममा सर्तकता अपनाउनुहोला । आफूले गरेको कामबाट निकै सन्तुष्टी मिल्नेछ । त्यसैले कुनै पनि काममा धैर्यताको आवश्यकता रहेको छ ।

वि.सं.२०७९ पुस १३ बुधवार ०६:१९ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...