back
NMB ad

सहकारी जोगाउन सदस्य शिक्षामा जोड दिऔ : जि.सी.

Kumari bank ad

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको संकटबाट सहकारीलाई जोगाउनका लागि सदस्य शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

पोखरामा सञ्चालित उज्वल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार आयोजित १५ औं वार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।
सहकारी सदस्यहरुको हो, सहकारीलाई सञ्चालन, संरक्षण र विकासमा सदस्यकै भूमिका हुन्छ, जिसीले भन्नुभयो, सदस्य भन्दा सञ्चालक हावी भएका कारण कतिपय सहकारीमा समस्या आएको छ, यसलाई सुधार गर्न आवश्यक छ ।

सहकारीमा शेयर सदस्य बन्ने तर कारोबार नगर्ने सदस्य र नियमित कारोबार गर्ने सदस्यलाई शेयर लाभांशका नाममा दिने मुनाफाका कारण सहकारीका सक्रिय सदस्य नबढेपछि सहकारी ऐनमै व्यवस्था गरेर संरक्षित पूँजि फिर्ताकोषको व्यवस्था गरिएको जिसीको भनाइ थियो ।

कार्यक्रममा आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बाँस्तोला, संस्थाका सल्लाहकार नारायण कार्की, संस्थाको अनुगमन समितिका संयोजक राजेन्द्र लिगल, सदस्य बाबुराम पन्त, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष पदमराज पहारी, सम्मानित सदस्य उषा काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष नरेन्द्र बाँस्तोलाको अध्यक्षता, सचिव सुरेन्द्र बाँस्तोलाको सञ्चालन र सञ्चालक सदस्य पुजन राजभण्डारीको स्वागतमा सम्पन्न भएको थियो ।

साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष नरेन्द्र बाँस्तोलाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मिना कुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक बैकुण्ठराज तिम्सेनाले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।

वि.सं.२०७९ पुस १६ शनिवार १९:४६ मा प्रकाशित

You can share this post!

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...