काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन रहेको छ। सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, आइसिएफसी फाइनान्स, सिवाईसी लघुवित्त र पोखरा फाइनान्सको साधारण सभा तथा लाभांश प्रयोजनको लागि भोली पुस १९ गते बुक क्लोज गर्दैछन् । त्यसैले यी कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।
सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले साधारण सभा बोलाएको छ । सभा पुस २८ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ५.२० प्रतिशत नगद लाभांश करसहित र २.४० प्रतिशत बोनस शेयर वितरण गर्ने निणर्य गरेको छ । प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे शुरू हुनेछ ।
आइसिएफसी फाइनान्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका वडा नं ८ सभागृहचोक पोखरामा बिहान ११ बजे शुरु हुनेछ ।
पोखरा फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा दरबारथोक ब्यांक्वेट बास्तोलाथर पोखरा–९, कास्कीमा बिहान ९ बजे शुरू हुनेछ ।
वि.सं.२०७९ पुस १८ सोमवार १०:२४ मा प्रकाशित