back
NMB ad

रिलायन्स लाइफको नयाँ बोनस दर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाउने

Kumari bank ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ । बीमा प्राधिकरणबाट पुस १७ गते स्वीकृत भएपछि बीमितलाई दिइने बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा न्युनतम ३० रुपैयाँ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यसैगरी, सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ३० रुपैयाँदेखि ६० रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ४१ रुपैयाँ देखि ४५ रुपैयाँ बोनस पाउनेछन् ।

बीमितले वार्षिक अग्रिम भुक्तानी–मुद्दती नियमित शुल्क बीमा योजनामा प्रतिहजार २४ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी–मुद्दती एकल बीमाशुल्क बीमा योजनामा प्रतिहजार ५४ रुपैयाँ र सामुहिक सावधिक बीमा योजनामा प्रतिहजार १९ रुपैयाँ बोनस पाउनेछन् ।

सीमित भुक्तानी सावधिक बीमा योजनामा पनि बीमितले बीमा योजना र अवधिको आधारमा न्युनतम ४० रुपैयाँ देखि ६५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ पुस १९ मंगलवार १२:०० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...