back
NMB ad

सुदुरपश्चिममा नागरिक उन्मुक्तिकाे मुख्यमन्त्रीमा दाबी, नेकपा एस फकाउँदै  एमाले र माओवादी

Kumari bank ad

मोहन जोशी, धनगढी । सुदुरपश्चिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दावी गरेपछि उसलाई बाहिर राखेर सरकार बनाउन  एमाले र माओवदी केन्द्रले आन्तरिक गृहकार्य गर्न थालेका छन् ।

त्यसका लागि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी र डडेल्धुराबाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्यलाई मनाउने एमाले र माओवादी केन्द्रकै रणनीति रहेको छ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रसँग ११, नेकपा एमालेसँग १०,  एकीकृत समाजवादीसँग ४, राप्रपासँग एक र स्वतन्त्र एक गरी २७ प्रदेशसभा सदस्य छन् ।

केन्द्र सरकार निर्माणमा एकीकृत समाजवादीसँगको समर्थन नरहेको भए पनि प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको विकल्पमा माओवादी केन्द्र र  एमालले एकीकृत समाजवादीको समर्थन खोजेका हुन् ।

टीकापुर घटनाको समाधान हुनुपर्ने र मुख्यमन्त्री पनि पाउनु पर्ने नागरिक उन्मुक्ति पार्टीको अडानका कारण प्रदेश सरकार निर्माण प्रक्रिया झण्झटिलो बन्न थालेको छ,’ माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले भने, ‘टिकापुर घटनाका  विषयमा प्रदेश सरकारले केही निर्णयनै गर्न पाउँदैन, मुख्यमन्त्री दिन सकिने अवस्था पनि छैन, त्यसैले एकीकृत समाजवादीलाई सरकारमा ल्याएर भए पनि सरकार बनाउनु पर्छ भन्ने आन्तरिक गृहकार्य सुरु भएको हो ।’

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई मतपरिणाम बुझाएको ३५ दिनभित्र सरकार बनाई सक्नुपर्ने संवैधानि प्रावधानका कारण पनि नागरिकलाई मात्रै पर्खेर बस्न सकिने स्थिति नरहेको ती प्रदेश सभा सदस्य बताउँछन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम सुदुरपश्चिम संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकार निर्माणका लागि सबैको सहमति जुटाउने प्रयास भइरहेको बताए । कुनै एक दलको मात्रै बुहमत नआएका कारण प्रदेशमा मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको छ,’ भट्टले भने, ‘धेरै दललाई मिलाउँदा सबैका आ–आफ्नै विचार र अडानका कारण केही समस्या हुन सक्छ, तर हामी मिलेर जानुको अर्को विकल्प पनि छैन ।’

नागरिक उन्मुक्तिलाई बारिह राखेर सरकार गठनबारे अहिले नै केही नसोचेको उनको दाबी छ । तर, एकीकृत समाजवादीलाई पनि सकभर सरकारमा ल्याउनु पर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘त्यसका लागि सबै निकाय छलफलमा छौं ।’

एमाले र माओवादीबीच सुदूरपश्चिममा माओवादी नेतृत्वमा सरकार निर्माण गर्ने सहमति बनेको छ । संघीय सरकामा बाहिरबाट समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम पश्चिम प्रदेशमा आफूले मुख्यमन्त्री पाउनुपर्ने माग गरेको थियो । सुदुरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सांसद छन् ।

तर, नेकपा एमालेका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठक केन्द्रीय गठबन्धनको आधारमा नै प्रदेशमा  सरकार गठन हुनेमा आफू आशावादी रहेको बताउँछन् ।

‘सरकार गठका लागि सबै विकल्पमा छलफल हुनु स्वभाविक हो,’ उनले भने, ‘तर नागरिक उन्मुक्ति पार्टीलाई बाहिर राख्ने विषयमा हामीले सोचेका छैनौं, केन्द्रमा नागरिक उन्मुक्तिको पनि समर्थनज रहेका कारण प्रदेशमा पनि समर्थन जनाउनेमा हामी ढुक्क छौं ।’

सुदुरपश्चिम प्रदेश प्रमुखलाई निर्वाचन आयोगले पुस २ गते प्रतिवेदन बुझाएको थियो । त्यसअनुसार माघ पहिलो हप्ताभित्र सुदूरपश्चिममा सरकार बनाई सक्नुपर्नेछ । सुदूरपश्चिममा पुस २८ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरिएको छ ।

सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान अझै गरिसकेका छैनन् । प्रदेशमा कुनै पनि दलको बहुमत नभएकोले प्रदेश प्रमुखले गठबन्धन गरेर दाबी पेस गर्न आह्वान गर्ने सम्भावना छ ।

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चौधरी सुदूरपश्चिममा सरकारम जाने नजानेबारेमा आफ्नो पार्टीले केही नसोचेको बताउँछन् ।  ‘केन्द्रीय गठबन्धन सुदुरपश्चिममा छैन,’ संसदिय दलका नेता चौधरी भन्छन्,  ‘प्रदेशका हकमा कोसँग जाने भन्ने अहिले निश्चित छैन,  अहिले तटस्थ बस्ने भन्ने हो ।’

प्रदेशमा आफ्ना मागहरु जसले जसले सम्वोधन गर्छ, उसैसँग गठबन्धन हुने चौधरी बताउँछन् । सरकारमा सहभागिताका बारेमा उन्मुक्ति पार्टीको केन्द्रीय समितिले चाँडै निर्णय गर्ने चौधरी बताउँछन् ।

वि.सं.२०७९ पुस १९ मंगलवार १२:४२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...