काठमाडौं । हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निस्कासनको लागि विद्युत नियमन आयोगबाट सहमति पाएको छ ।
कम्पनीले गत असोजमा हकप्रद शेयरको सार्वजनिक निष्काशन गर्न पूर्व स्वीकृतिका लागि आयोगमा निवेदन दिएको थियो ।
आयोगको मिति २०७१।०९।१८ को १८० औ बैठकले कम्पनीको माग बमोजिम चुक्ता पुँजीको १ : ०.७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ वमोजिम तपसिलका शर्तहरु पालना गर्ने गरी सहमति प्रदान गरिएको जानकारी दिएको हो ।
विद्युत नियमन आयोग नेपाल सरकार विद्युत क्षेत्रको नियमक निकाय हो ।
शर्तहरु
१. प्रचलित कानुन बमोजिम अनुमतिपत्र जारी गर्ने निकाय तथा अन्य निकायवाट सहमति लिनुपर्ने भएमा सो लिई आयोगलाई जानकारी गराउनु पर्नेछ
२. प्रचलित कानुन वमोजिम लाभकर लगायत अन्य कर बुझाउनु पर्ने भएमा सम्बन्धित निकायमा सो कर बुझाउनुपर्नेछ ।
३. कम्पनीले आयोगबाट समय समयमा जारी भएको मापदण्ड, सहिता तथा संस्थागत सुशासन
सम्बन्धि निर्देशन पालना गर्नुपर्नेछ ।
४. तहाँ अन्तर्गतका शेयरधनीहरु मध्ये कुनै शेयरधनी विद्युत सम्बन्धी आयोजना बनाई नेप्सेमा
सुचिकृत कम्पनी भएमा हकप्रद शेयर जारी गरी लगानी गर्ने भएमा आयोगको पूर्व स्वीकृति लिनुपर्नेछ
५. आयोगले ऐन, नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय
सम्पादन गर्न समय-समयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्नेछ ।
वि.सं.२०७९ पुस १९ मंगलवार १७:४२ मा प्रकाशित