काठमाडौं । यति बेला तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म हिमालयन डिस्टीलरीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २५१ रुपैयाँ ८५ पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य २ हजार ७७० रुपैयाँ ६० पैसा कायम भएको छ।
त्यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात ११६ रुपैंया १० पैसाले वृद्धि भई १ हजार २७७ रुपैंया ३० पैसा कायम भएको छ ।
यति बेला बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।
वि.सं.२०७९ पुस २० बुधवार १३:०४ मा प्रकाशित