back
NMB ad

युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

Kumari bank ad

वार्सा । युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । पोल्याण्डको वार्सामा आइतवार १८.९ डिग्री सेल्सियस (६६ एफ) रेकर्ड भएको छ भने  स्पेनको बिलबाओमा २५.१ डिग्री सेल्सियस कायम भएको छ जुन, औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो ।

नेदरल्यान्ड्स, लिकटेन्स्टाइन, लिथुआनिया, लाटभिया, चेक गणतन्त्र, पोल्याण्ड, डेनमार्क र बेलारुसको तापक्रमले राष्ट्रिय कीर्तिमान तोडेको छ । त्यस्तै जर्मनी, फ्रान्स र युक्रेनमा पनि तापक्रम बढ्दो छ । केही दिनअघि, बेलायत, आयरल्याण्ड, फ्रान्स र स्पेनले सन् २०२२ लाई रेकर्डमा सबैभन्दा तातो वर्ष घोषणा गरेका थिए ।

उत्तरी अमेरिकाले थप गम्भीर आँधीबेहरीको सामना गरिरहेका बेला युरोपको तापक्रम भने बढ्दो छ । अमेरिकामा केही दिनअघिको घातक हिमपातले ६० भन्दा बढीको मृत्यु भएको थियो ।  उत्तरी मध्यपश्चिमका केही भागहरूमा भारी हिउँ र चिसो वर्षाको पूर्वानुमान गरिएको छ भने टेक्सास, ओक्लाहोमा, अर्कान्सास र लुइसियानामा ठूलो आँधीको सम्भावना देखाइएको छ ।

वि.सं.२०७९ पुस २१ बिहीवार १४:४४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...