काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । आज बजार २०.६८ अंकले बढेको हो ।
सेयर बजारमा बढोत्तरी आउँदा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। उक्त दिन खप्तड लघुवित्त, बाराही पब्लिक हाइड्रोपावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ ।
त्यसैगरी, ङादी ग्रुप पावरको ९.९३ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ९.५४ प्रतिशत, ग्लोबल आइएमइ सम्मुनतको ९.३८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०७९ पुस २४ आइतवार १५:२१ मा प्रकाशित