back
NMB ad

यी ४ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं । आज अर्थात पुस २६ गते मंगलबार नेप्सेमा सूचीकृत ४ कम्पनीको साधारण सभा बस्दैछ । उक्त दिन लुम्बिनी विकास बैंक, एचआइडीसीएल, मैलुङ खोला जलविद्युत र त्रिशुली जलविद्युतको साधारण सभा बस्दैछ ।

एचआइडीसीएल
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभा अर्पण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ९ प्रतिशत नगद लाभांश गरी जम्मा १२ प्रतिशत लाभांश वितरण गर्दैछ । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

मैलुङ खोला जलविद्युत कम्पनी
मैलुङ खोला जलविद्युत कम्पनीको सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई कुनै लाभांश प्रस्ताव गरेको छैन ।

त्रिशुली जलविद्युत कम्पनी
त्रिशुली जलविद्युत कम्पनीको सभा अम्रपाली ब्याक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आयोजना प्रभावित स्थलको स्थानीयलाई आइपीओ जारी गर्ने प्रस्ताव छ । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

वि.सं.२०७९ पुस २६ मंगलवार ०९:१२ मा प्रकाशित

You can share this post!

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...