काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अर्थात पुस २६ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि पुस २७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।
इन्स्योरेन्सले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न माघ ९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
वि.सं.२०७९ पुस २६ मंगलवार ०९:३५ मा प्रकाशित