back
NMB ad

यी ७ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं । आज पुस २७ गते बुधबार नेप्सेमा सूचीकृत ७ कम्पनीको साधारण सभा बस्दैछ । उक्त दिन हिमालयन डिस्टिलरी, मितेरी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), माउन्टेन हाइड्रो र दिव्यश्वरी हाइड्रोपावरको साधारण सभा बस्दैछ । यी मध्ये माउन्टेन हाइड्रो र दिव्यश्वरी हाइड्रोपावर बाहेक अरु सबै कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् ।

हिमालयन डिस्टिलरी
हिमालयन डिस्टिलरी कम्पनीले पुस २२औं वार्षिक साधारण सभा पुस २७ गते बुधबार आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्जमा बिहान १० बस्नेगरी सभा डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने, लेखारीक्षक नियुक्त गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

मितेरी डेभलपमेन्ट बैंक
मितेरी डेभलपमेन्ट बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा पुस २७ गते बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बैंकले १२.३५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

युनाइटेड इन्स्योरेन्स
युनाइटेड इन्स्योरेन्सको बार्षिक साधारणसभा सभा आज अनमोल ब्याङ्कवेट, शंखमुलमा बिहान ११ बजे बस्नेछ । कम्पनीले सञ्चालक समितिको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले पुस १७ गते, एक दिनका लागि बुकक्लोज गरिसकेको छ । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

बोटलर्स नेपाल (बालाजु)

बोटलर्स नेपाल लिमिटेड (बालाजु) गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभा होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

बोटलर्स नेपाल (तराई)
बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको नाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । सभा होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

माउन्टेन हाइड्रो
माउन्टेन हाइड्रोको सभा कालिमाटी ब्यांक्वेट, कालिमाटी काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । कम्पनीले सेयरधनीहरुलाई कुनै लाभांश प्रस्ताव गरेको छैन ।

दिव्यश्वरी हाइड्रोपावर
दिव्यश्वरी हाइड्रोपावरको एकै साथ चार वर्षको साधारण सभा बस्दैछ । सभा स्काई दरवार ब्यांक्वेट बग्गीखाना छेउ, सिंहदरवार, काठमाडौं बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को संयुक्त वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेश गर्नेछ ।

वि.सं.२०७९ पुस २७ बुधवार ०९:५२ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...