back
NMB ad

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

Kumari bank ad

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले राईनास नगरपालिका ९ बस्ने वर्ष ४२ का बेलराम गुरुङलाई पक्राउ गरेको हो । ०७४ मंसिर ११ गते राति साढे ९ बजेको समयमा  लमजुङ राईनास नगरपालिका ९ कुडुले बस्ने वर्ष ५४ को हितमान श्रेष्ठलाई चिरपाट दाँउरा(काठ) टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी निज घटनापश्चात फरार रहेका थिए ।

घटनालगत्तै फरार रहेका प्रतिवादी चितवन जिल्लातर्फ लुकिछिपी बसेको हुन् सक्ने विशेष रुपमा सूचना संकलन गरी जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको विशेष अनुसन्धान प्रहरी टोलीले निज प्रतिवादी बेलराम गुरुङलाई जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १६ विजयनगरस्थित लुकिछिपी बसेको अबस्थामा  बुधबार पक्राउ गरेको हो ।

प्रतिवादी चितवन बस्दाको समयमा निजले आफ्नो नाम र ठेगाना समेत परिवर्तन गरि बसेका थिए । पक्राउ परेका  प्रतिवादीलाई लमजुङ जिल्ला अदालतबाट पहिलो पटक पाँच  दिनको म्याद थप अनुमति लिई निज उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसूरअन्तर्गत कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने कानुनी व्यवस्था छ ।

वि.सं.२०७९ पुस २८ बिहीवार १६:५१ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...