back
NMB ad

यी १७ कम्पनीको साधारण सभा आज बस्दै, कुनको लाभांश कति ?

Kumari bank ad

काठमाडौं । चार वाणिज्य बैंकसहित १७ कम्पनीको वार्षिक साधारण सभा आज अर्थात पुस २९ गते बस्दैछ ।

१७ कम्पनीमध्ये पाँच कम्पनी बाहेकका सबै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव नगर्ने कम्पनीमा एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक, मन्जुश्री फाइनान्स, श्वेत गंगा हाइड्रोपावर र हिमालयन पावर पार्टनर रहेको छ ।

नेपाल बैंकको ६३औं सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौमा बिहान ११ बजे बस्नेछ । कम्पनीको सभाले २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

 नबिल बैंकको ३८औं सभा सिल्भर ओक ब्याङ्क्वेट गैरीधारा काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले १८.५० प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

एनआइसी एशिया बैंकको २५औं साधारण सभा होटल आनन्द तिलगंगा काठमाडौंमा बिहान ९ बजे बस्दैछ । बैंकले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन ।

माछापुच्छ्रे बैंकको २४औं साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन ।

सिद्धार्थ इन्स्योरेन्सको २१औं वार्षिक साधारण सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा बिहान ११ बजे बस्नेछ । सभाले गत आवको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

प्रिमियर इन्स्योरेन्सको २९औं सभा लिसारा रिसेप्सन भगवती बहाल, नक्सालमा बिहान ११ बजे बस्नेछ । सभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

आइसीएफसी फाइनान्सको १९औ सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान १० बजे बस्नेछ । सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश पारित गर्नेछ ।

सेन्ट्रल फाइनान्सको २६औं सभा कम्पनीको केन्द्रीय कार्यालय कुपन्डोल ललितपुरमा बिहान १० बजे बस्नेछ । सभाले गत आवको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८औं सभा कम्पनी रजिष्टार्डको कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान १० बजे बस्नेछ । सभाले २।४० प्रतिशत बोनस शेयर र ५.२० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

मन्जुश्री फाइनान्सको वार्षिक साधारण सभा थापागाउँ बैंक्वेट नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्नेछ । फाइनान्सले सेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

नेपाल हाइड्रो डेभलोपर्सको १६औं साधारण सभा लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.०२६३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

कालिका पावर कम्पनीको सभा कम्पनीको रजिष्टार्ड कार्यालय भरपुर चितवनमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

हिमालयन पावर पार्टनरको १०औं सभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्दैछ । कम्पनीले मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

श्वेत गंगा हाइड्रोपावरको छैठौं सभा कुण्डालिनी दरबार एण्ड बैंक्वेट, चन्डोल काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीले मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

महालक्ष्मी विकास बैंकको २१औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले  गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ४ प्रतिशत बोनस शेयर र ६.४७ प्रतिशत नगद लाभांश गरी कुल १०.४७ प्रतिशत लाभांश पारित गर्नेछ ।

आरएडसीडी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं साधारण सभा एशियन होटल बुटवलमा बिहान ९ बजे बस्नेछ । कम्पनीले गत आवको मुनाफबाट प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारण सभा होटल सामना हेटौंडामा बिहान १० बजे बस्नेछ । सभाले संचालक समितिबाट प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:४१ मा प्रकाशित

You can share this post!

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...