back
NMB ad

एक आपसमा मर्ज भएका दुबै बैंकमा खाता छ ? अब के गर्ने ?

Kumari bank ad

काठमाडौं । बैंकहरु आपसमा गाभिएसँगै गाभिने दुवै बैंकमा बचत खाता रहेका कतिपय सर्वसाधारण अन्योलमा परेका छन् ।

बैंकहरुले दोहोरो खाता हुनेलाई सूचना दिएर एउटा खातामा भएको रकम अर्कोमा स्थानान्तरण गरी दुईमध्ये एक खाता बन्द गर्ने मौका दिने भएका छन् ।

बैंकहरु एक आपसमा मर्ज भएपछि दोहोरो खाता हुने व्यक्तिले एउटा खाता बन्द गर्नु पर्ने भएको हो । बैंकहरुले एकीकृत कारोबारपछि दोहारो खाता हुने व्यक्तिलाई एउटा खाता बन्द अनुरोध गर्ने भएका छन् । त्यसका लागि ग्राहकलाई दुईमध्ये कुन खाता बन्द गर्ने भन्ने छनोटको अवसर दिइने भएका छन् ।

व्यक्तिले एउटा बैंकमा एकभन्दा बढी बचत खाता सञ्चालन गर्न नमिल्ने नीति भएकाले दोहोरो खाता हुने व्यक्तिले एउटा बन्द गर्न अनुरोध गर्ने बैंकका कर्मचारीहरु बताउँछन् । यसको लागि आजको भोली नै दोहोरो खाता हुने व्यक्तिलाई बन्द गर्न भने भन्ने छैनन्। त्यसका लागि समय भने दिइने भएको छ ।

एक आपसमा गाभिएका दुवै बैंकमा वचत खाता एकीकृत कारोबारपछि पनि छोटो अवधिलाई सञ्चालनमैं आउनेछन । तर, लामो समय भने एउटै बैंकमा दोहोरो खाता चलाउन पाइने छैन ।

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:२२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...