back
NMB ad

यी पाँच कम्पनीले पुस भित्र साधारण सभा नगर्ने, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक, स्वावलम्बन लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर, महिला लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तले पुस महिनाभित्र साधारण सभा नगर्ने जानकारी गराएको छ । कम्पनीहरुलेले नेप्सेमार्फत जानकारी गराउँदै तत्कालै सभा नगर्ने जनाएको हो ।

एक्सेल डेभलपमेन्ट बैंकले आ.व. २०७८/०७९ को वाह्य लेखा परीक्षण कार्य सम्पन्न भई वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा स्वीकृतिको अवस्थामा रहेकोले साधारण सभा पुस भित्र गर्ने नसकिने जानकारी दिएको छ ।

स्वावलम्बन लघुवित्तले वित्तिय विवरण राष्ट्र बैंकमा पेश भई स्विकृतिको प्रकृयामा रहेकाले सभा गर्न नसक्ने जनाएको छ ।

त्यसैगरी, पञ्चकन्या माइ हाइड्रोपावरले वाह्य लेखा परीक्षण सम्पन्न भएको साधारण सभा गर्न सूचना प्रकाशन गर्न समय नपुगेकोले सभा गर्न नसक्ने जनाएको छ ।

महिला लघुवित्तले लेखापरीक्षणको कार्य सम्पन्न भएको तर वित्तिय विवरण राष्ट्र बैंकमा स्विकृतीको प्रकृयामा रहेकाले सभा गर्न नसक्ने जनाएको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तले आ.व ०७८/७९ को वित्तिय विवरण राष्ट्र बैंकमा स्विकृतीको प्रकृयामा रहेकाले सभा गर्न नसक्ने जनाएको छ ।

साथै, यी कम्पनीहरुले आ.व.२०७८/०७९ को वार्षिक साधारण सभा २०७९ साल चैत्र मसान्त सम्ममा सम्पन्न गरिने पनि लघुवित्तले जनाएको छ।

वि.सं.२०७९ पुस २९ शुक्रवार १६:३५ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...