back
NMB ad

आज पुस मसान्त यी १५ कम्पनीको साधारण सभा बस्दै, कुनको लाभांश कति ?

Kumari bank ad

काठमाडौं । आज पुस ३० गते शनिबार १५ कम्पनीको वार्षिक साधारण सभा बस्दैंछ । आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा गरी सक्नु पर्ने ब्यवस्था अनुसार आज १५ कम्पनीको साधारण सभा हुदैंछ ।

उक्त दिन ६ लघुविसहित १५ कम्पनीको वार्षिक साधारण सभा आज बस्ने भएको हो । यी मध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् भने कतिले गरेका छैनन्।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा पुष ३० गते शनिबार, आम्रपाली बैंङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्दैछ । सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश सहित कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेको पाँचौ वार्षिक साधारण सभा आज युनाइटेड वर्ड टे«ड सेन्टरको तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीले सेयरधनीलाई कुनै पनि किसिमको लाभांश प्रस्ताव गरेको छैन ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा आज दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा दिउँसो १ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लाागि ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश पारित गर्नेछ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे बस्नेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने ३९ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथों वार्षिक साधारण सभा दिनेश चौधरी संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. ८, सभागृहचोक पोखरामा बिहान ११ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लाागि १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश पारित गर्नेछ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका ६ गोरखामा बिहान ११ः३० बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।

मिर्मिरे लघुवित्त
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औ वार्षिक साधारण सभा योयो बैंक्वेट सूर्यविनायक नगरपालिका ५ घँलाते, भक्तपुरमा बिहान ११ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २३ प्रतिशत बोनस शेयर पारित गर्नेछ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडको साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरा कास्कीमा बस्दैछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७१०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पोखरा फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारण सभा दरबारथोक बैंक्वेट, बास्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजे बस्नेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश पारित गर्नेछ ।

नेपाल फाइनान्स लिमिटेडको ३०औं साधारण सभा होटेल, एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीले सेयरधनीलाई कुनै पनि किसिमको लाभांश प्रस्ताव गरेको छैन ।

मल्टीपर्पस फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा दिउँसो १ बजे बस्नेछ । कम्पनीले सेयरधनीलाई कुनै पनि किसिमको लाभांश प्रस्ताव गरेको छैन ।

बुटवल पावर कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारण सभा कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद लाभांश गरी कुल १२.५ प्रतिशत लाभांश पारित गर्नेछ ।

मन्दाकिनी हाइड्रोपावर कम्पनीको नवौं वार्षिक साधारण सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६औं वार्षिक साधारण सभा टाइम्स स्क्वायर लङ, बालुवाटार काठमाडौंमा बिहान ९ बजे बस्नेछ । कम्पनीले सेयरधनीलाई कुनै पनि किसिमको लाभांश प्रस्ताव गरेको छैन ।

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा होटेल हार्दिक, बागबजार, काठमाडौंमा विहान ८ बजेदेखि सुुरु हुनेछ । कम्पनीले सेयरधनीलाई कुनै पनि किसिमको लाभांश प्रस्ताव गरेको छैन ।

वि.सं.२०७९ पुस ३० शनिवार ०९:१४ मा प्रकाशित

You can share this post!

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२०

काठमाडौँ, १ जेठः सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी...

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१६

काठमाडौँ, १ जेठ : सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष...

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१४

काठमाडौँं, १ जेठ : नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम,...