back
NMB ad

सिनर्जी पावरको १६ औ वार्षिक साधारणसभा सम्पन्न

Kumari bank ad

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिवार कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर लाउन्जमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाबाट पेश भएको आ.व. २०७८ ÷ ०७९ को वार्षिक आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन सर्बसम्मतले पारित गरेको छ । त्यस्तै आ.व. २०७८ ÷ ०७९ को लेखापरीक्षकको प्रतिवेदन र सोही आ. व. को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित अनुसूचिहरू साधारणसभाले स्वीकृत गरेको छ। साधारणसभाले आ.व. २०७९÷०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक तोक्ने प्रस्ताव पनि सर्वसम्मतले स्वीकृत गरेको छ।

साधारणसभामा शेयरधनीहले पुस मसान्तसम्म साधारणसभा गरेर जरिवानाबाट बच्नु राम्रो भए पनि आगामी वर्षदेखि पुस महिना अगाडी नै साधारणसभा सम्पन्न गर्न सुझाव दिएका थिए। त्यस्तै उनीहरुले कम्पनीको हकप्रद निष्काशनमा भईरहेको ढिलाईबारे जिज्ञासा राखेका थिए ।

शेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष इन्द्र बहादुर थापाले विद्युत नियमन आयोगबाट हकप्रदको लागि स्वीकृति प्राप्त हुने क्रममै रहेकोले आयोगबाट स्वीकृति आएपछि थप प्रक्रिया अगाडी बढ्ने बताए । सिनर्जीले लगानी गरेको कम्पनीले निर्माण गर्ने आयोजनाको २५ प्रतिशत प्रगति भएपछि मात्र हकप्रदको लागि स्वीकृति प्राप्त हुने उनले बताए । यहि प्राविधिक कारणले हकप्रदमा ढिलाई भएपनि अब भने २५ प्रतिशत प्रगति भईसकेकोले अब माघ महिनामा स्वीकृति आईसक्ने उनले जानकारी दिए । त्यस्तै उनले लाभांश दिन सक्ने अवस्था रहेपनि कम्पनीले त्यसलाई ऋण तिर्न र अन्य लगानी गर्ने प्रयोग गरेकोले आगामी वर्ष देखि उचित प्रतिफल दिने बताए ।

वि.सं.२०७९ पुस ३० शनिवार ११:५८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...