back
NMB ad

सुदूरपश्चिम प्रदेशले आज पनि सभामुख नपाउने, संवैधानिक जटिलतातर्फ प्रदेश सभा

Kumari bank ad

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयन नहुने देखिएको छ । सभामुख चयनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि सभामुख नचुनिने निश्चित जस्तै बनेको हो ।

प्रदेशसभाको जारी बैठकको विशेष समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सचेतक लक्षमण किशोर चौधरिले सभामुख चयनमा आफ्नो पार्टी तटस्थ बस्ने उद्घोष गरेका छन् ।

उनले शत्तारूढ दलको सहमति अनुसार सुदूर पश्चिममा मुख्यमन्त्री चयनका लागिमात्रै समर्थन गर्ने निर्णय भएकोमा सपथका क्रममा विना जानकारी दुई मन्त्रीलाई पनि सपथमा ल्याइएको भन्दै त्यसको विरोध स्वरूप आजको सभामुख चयनमा तठस्त बस्ने निर्णय गरिएको बताए ।

त्यसैगरि टिकापुर घटनामा आरोपित ठहर गरेर जेल चलान गरिएका रेशम चौधरीलगायत नेता कार्यक्रता छुटाउनसमेत पहल नगरिएको भन्दै उनले सो विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

सुदूर पश्चिम प्रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट मानबहादुर रावल र नेकपा माओबादी केन्द्रबाट भीम भण्डारी उम्मेखवार रहेका छन् ।
दुवैला निर्वाचित हुनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको छ ।

सुदूरपश्चिम प्रर्देश सभामा आज सभामुख चयन नभए माघ २ गते सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने छ । माघ २ गते सभामुख चयन नभए प्रदेश सभा संवैधानिक जटिलतातर्फ धकेलिने छ ।

सभामुख चयनमा नागरिक उन्मुक्ति पार्टी तटस्त बस्दा आज पनि प्रदेशले सभामुख पाउने सम्भावना न्यून बनेको छ ।

वि.सं.२०७९ पुस ३० शनिवार २०:०६ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...