काठमाडौं । सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ० ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ८ करोड ५८ लाखको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.५७८९ प्रतिशत नगद लाभांश गरि जम्मा ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
वि.सं.२०७९ माघ २ सोमवार ११:४३ मा प्रकाशित