काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट बितरण गर्ने हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३६८ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
अब उक्त लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा बितरण हुने छ ।
वि.सं.२०७९ माघ २ सोमवार ११:४७ मा प्रकाशित