काठमाडौं । अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले विद्युत नियमन आयोगबाट अनुमति पाएपछि ७.५ प्रतिशत बोनस सेयरपछि कायम हुने ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११ रुपैयाँ चुक्ता पुँजीमा ४० प्रतिशत (१ः०.४० अनुपात) हकप्रद सेयर बिक्री गर्ने जानकारी गराएको हो ।
आगामी साधारण सभाबाट अनुमोदन भएपछि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश गरिने कम्पनीले जानकारी गराएको छ ।
वि.सं.२०७९ माघ ३ मंगलवार ११:५६ मा प्रकाशित