back
NMB ad

यी २० वाणिज्य बैंकको वित्तिय विवरण सार्वजनिक, हेर्नुहोस् कुनले कति कमाए ?

Kumari bank ad

काठमाडौं । २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरूमध्ये नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र कुमारी बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ ।

वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये एक दर्जनभन्दा बढी वाणिज्य बैंकको नाफा वृद्धि भएको छ । दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा बढेको छ । त्यसको प्रभाव देखिएको भए पनि कतिपय बैंकहरूले भने नाफा राम्रै आर्जन गरेको देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा नबिल बैंक लिमिटेडले गरेको छ । यो बैंकले ६ महिनाको अवधिमा ३ अर्ब ४१ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, बढी नाफा गर्ने दोस्रोमा एनआईसी एशिया बैंक रहेको छ । यो बैंकले पनि ६ महिनाको अवधिमा ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । साथै बीओकेलाई प्राप्ति गरेको ग्लोबल आइएमई बैंकले पनि यस अवधिसम्म २ अर्ब ७८ करोड खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड, एनएमबि बैंकले १ अर्ब ९० करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ७५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ६५ करोड, सानिमा बैंकले १ अर्ब २८ करोड, प्रभु बैंकले १ अर्ब १९ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब १७ करोड, नेपाल बैंकले १ अर्ब १७ करोड, सिद्धार्थ बैंकले १ अर्ब १६ करोड, लक्ष्मी बैंकले १ अर्ब ७ करोड र माछापुच्छ्रे बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ ।

हिमालयन बैंकले ९५ करोड, सिटिजन्स बैंकले ८४ करोड, सनराइज बैंकले ६५ करोड, सिभिल बैंकले ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

तर, सर्वाधिक नाफा वृद्धिदर बढ्नेमा एभरेष्ट बैंक रहेको छ । यो बैंकको नाफा आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा ८९.२९ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्म २० वाणिज्य बैंकहरूमध्ये सात वाणिज्य बैंकको नाफा घटेको छ । सर्वाधिक नाफा घट्नेमा कृषि विकास बैंक रहेको छ । यो बैंकको नाफा १०९ प्रतिशत घटेको छ ।

गत वर्षको पुस मसान्तसम्म एक खर्ब ४२ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंक चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ नोक्सानीमा छ । त्यस्तै, नाफा घट्नेमा सिटिजन्स, सिद्धार्थ, नेपाल बैंक, सनराइज, प्रभु र प्राइम कमर्सियल बैंक रहेका छन् ।

वि.सं.२०७९ माघ ८ आइतवार १५:२३ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...