back

रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’

Kumari bank ad

रोल्पा । चलचित्र छायांकनका लागि रोल्पाले थुप्रै सम्भावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायांकनका लागि रोजाइमा पार्न सकिने उनीहरुले बताएका हुन् ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमा आयोजना गरेको ‘बृहत चलचित्र बहस’ मा चलचित्र निर्देशक ऋषिराज आचार्यले रोल्पा चलचित्र छायाँकनका लागि उपयुक्त ठाउँ भएको बताए ।

उनले भौगोलिक हिसावले टाढा हुँदा आर्थिक लगानी बढी लगाउनुपर्ने हुँदा रोल्पा चलचित्र छायांकनस्थल बन्न नसकेको जानकारी गराए ।
‘जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पामा छायांकनस्थल निकै सुन्दर छन्,’ उनले भने, ‘फिल्म सुटिङका लागि दूरीका हिसावले टाढा भएकाले पनि अहिलेसम्म चलचित्रकर्मीको नजरमा नपरेको होला ।’

सरकारले चलचित्र छायांकनका लागि केही लगानी गर्न सकेपछि निर्माता निर्देशक पनि रोल्पाका लागि लगानी गर्न तयारी रहेको उनले बताए ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय पूर्वअध्यक्ष शान्ति प्रियले चलचित्रका निर्माता निर्देशकले फिल्मको कथावस्तु अनुसार छायांकनस्थल छनौट गर्न नसकेको बताए ।

‘फिल्मको कथावस्तु अनुसारका छायांकनस्थल पर्न सकेको छैन्,’ उनले भने, ‘रोल्पाजस्तो सुन्दर ठाउँ अब फिल्मकर्मीको नजरमा पर्नुपर्छ, यसका लागि फिल्मकर्मी र सरकार दुवैको ध्यान पुग्न आवश्यक छ ।’

नायक रमित ढुंगानाले रोल्पा चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताए । एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका ढुंगानाले  अहिलेसम्म चलचित्रको कथावस्तु अनुसार छायांकनस्थल पर्न नसकेको अनुभूति भएको बताए ।

परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगरले रोल्पा चलचित्रको पर्दामा समेटीन नसक्नुमा समन्वयको अभाव खट्किएको बताए । उनले अब चलचित्र छायांकनस्थलको रुपमा रोल्पालाई गराउन सकेपछि स्थानीय नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने बताए ।

चलचित्रकर्मीको नजरमा रोल्पा पर्न सकेपछि पालिकालाई पनि आर्थिकरुपमा सवल बनाउन सकिने बताए । उनले चलचित्रको छायांकनका लागि रोल्पामा आउन चाहने निर्माता निर्देशकलाई जिल्लाका सबै पालिकाको समन्वयमा आवश्यक बजेटको व्यवस्थापन पालिकाले गर्ने पनि बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा फिल्मर्कीले रोल्पा चलचित्र छायांकनका लागि भर्जिन ल्याण्ड रहेको बताएका छन् । १० वर्षे माओवादी युद्धको क्रममा तत्कालीन मुख्य कमाण्डर तथा गणतन्त्र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विशेष सुरक्षासहित सेल्टर लिएको ठाउँ ‘युद्ध पर्यटन केन्द्र डाँडागाउँ’ अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको समेत उनीहरुले बताए ।

वि.सं.२०७९ माघ ९ सोमवार १४:२३ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

वि.सं.२०८० असोज १० बुधवार १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

वि.सं.२०८० असोज १० बुधवार १८:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३...

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

वि.सं.२०८० असोज १० बुधवार १८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

वि.सं.२०८० असोज १० बुधवार १८:२२

काठमाडौं । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने...

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

वि.सं.२०८० असोज १० बुधवार १८:०८

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा...

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

वि.सं.२०८० असोज १० बुधवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक...