back
NMB ad

प्रदेश सरकार नैतिक रुपमा इमान्दार भएर काम गर्छ : मूख्यमन्त्री कार्की

Kumari bank ad

विराटनगर । प्रदेश १ का सांसदहरुले लोकतन्त्र वलियो हुनका लागि ‘खुला सरकार’ हुनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगले सोमबार विराटनगरमा गरेको ‘खुला शासन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी सांसदहरुले यस्तो धारणा राखेका हुन् ।

खुला शासनका विषयमा अन्तरक्रिया गर्न आयोगको टोलि प्रदेश १ को विराटनगर पुगेको थियो । प्रदेश १ सरकारका मूख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विषय विज्ञका रुपमासूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि धारणा राख्ने सबैले खुला सरकार हुनुपर्ने बताएको आयोगकी सूचना आयुक्त कमला वलीले बताइन् ।

कार्यक्रममा सूचना आयुक्त वलीले लोकतन्त्र भनेको शासन गर्ने व्यवस्था नभएको बताइन् । सूचनाको हक हरेक नागरिकलाई भएको भन्दै उनले सूचनाको हक प्रयोग गर्न समेत आह्वन गरिन् ।

कार्यक्रममा सहभागी कतिपयले मन्त्रालयको संख्याको विषयमा पनि विषय उठान गरेका थिए । मूख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट न्युन भएको र श्रोतहरु पनि न्युन हुँदा का मगर्न गाह्रो पर्ने बताए । उनले रोयल्टी बाडफाँट सम्बन्धी कानून संशोधनको आवश्यकता रहेको समेत बताए ।

उनले प्रदेश सरकार नैतिक रुपमा इमान्दार रहेको भन्दै खुला शासन लागु गर्न आफू प्रतिवद्ध रहेको बताए । मूख्यमन्त्री कार्कीले सूचनाको हक सम्बन्धी प्रदेश कानून बनाउने घोषणा समेत गरेका छन् ।

आयोगले खुला शासनका विषयमा देशव्यापी रुपमा विभिन्न प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ । मंगलबार पनि प्रदेश १ विराटनगरमै सूचना हक सम्बन्धि कार्यक्रम आयोजना हुने सूचना आयुक्त वलीले जानकारी दिइन् ।

वि.सं.२०७९ माघ १० मंगलवार १०:२३ मा प्रकाशित

You can share this post!

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...