काठमाडौं । बुधबार सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन सेयर बजार १०.३७ अंकले बढेको हो । उक्त दिन नेप्से परिसुचक २१८३.६२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
सेयर बजार बढ्दा आरबिबि म्युचुअल फण्डको सेयर मूल्य उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले घटेको छ ।
त्यस्तै, जानाकी फाइनान्स कम्पनीको ३.८६ प्रतिशत, पिपुल्स हाइड्रोपावर कम्पनीको ३.३३ प्रतिशत, सेन्ट्रल फाइनान्सको २.९५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०७९ माघ ११ बुधवार १५:२९ मा प्रकाशित