back

नेप्सेमा तीन इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा

Nepal Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन वटा इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको कारोबार खुल्ला गरेको हो ।

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बीच मर्जर गर्ने सम्झौता भंग भई गत पुस २६ गतेको पत्रानुसार नेपाल बीमा प्राधिकरणबाट समेत सैद्दान्तिक स्वीकृति रद्द भएको हुँदा नेप्सेले रोक्का रहेको प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

लुम्बिनी र सगरमाथा इन्स्योरेन्सले एक आपसमा मर्जरमा जान सम्झौता गरेसँगै नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो । धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यी कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए।

सोही अनुसार नेप्सेले यी कम्पनीको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आज देखि फुकुवा गरिदिएको हो । सो कम्पनीहरुको शेयर अब भोलीदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

वि.सं.२०७९ माघ ११ बुधवार १५:५९ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...