back
NMB ad

आचार्यको नेतृत्वमा नौ सदसीय आर्थिक मिडिया सञ्चालक संघ (इमान) गठन

Kumari bank ad

काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघ (इमान)को प्रथम साधारण सभाले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नौ सदसिय कार्यसमिति निर्वाचित गरेको छ ।

आज बुधबार काठमाडौंको बानेश्वरमा सम्पन्न साधारण सभाले उपाध्यक्ष द्वयमा दैनिकी डटकमका माधव तिवारी र अर्थबजार डटकमका डिल्लि सापकोटा, महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की, सचिवमा क्रसचेक मासिकका टंक कार्की, सहसचिवमा आर्थिकप्लस डटकमका अमिर लामा, कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्र प्रसाद दाहाल र सदस्यमा कर्पोरेटबजार डटकमका अप्सरा गौतम निर्वाचित गरेको हो ।

त्रिभुवन विश्व विद्यालय पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरञ्जिवी खनाल मुख्य निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण प्रक्रिया पुरा गरी निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दीपक पाण्डे, अधिवक्ता शशी मरासैनी, वरिष्ठ पत्रकार लव प्याकुरेल, त्रिविका उपप्राध्यापक देवराज अर्याल लगायतको उपस्थिति थियो ।

संघले आर्थिक मिडिया सञ्चालकको हकहितमा काम गर्दै मुलुकको आर्थिक अवस्थाबारे बहस, पैरवी गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराउने, विकास र समृद्धि तर्फ लाग्न प्रेरित गर्ने उद्देश्य लिएको छ ।

वि.सं.२०७९ माघ ११ बुधवार १९:५३ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...