back
NMB Ad

धमिलिकुवामा १५ शैय्याको अस्पताल निर्माणकार्य सुरु

Royal Enfield Inside Page Banner

लमजुङ । राइनास नगरपालिका ६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी गरिएको छ ।

स्वास्थ्य चौकीको स्तरोन्नति संगै भौतिक पूर्वाधारले सुविधा सम्पन्न गरेर यसलाई अस्पताल बनाइने नगरपालिकाले जनाएको छ ।

हाल स्वास्थ्य चौकी रहेको उक्त ठाउँमा १५ शैय्याको अस्पताल निर्माणका लागि भवन निर्माणकार्य सुरु भएको छ ।

गण्डकी प्रदेश सभा सदस्य डा। टकराज गुरुङले उक्त भवनको शिलान्यास गर्दै अहिलेको स्वास्थ्य चौकी स्तरोन्नति भएर अस्पताल बनेमा राइनास नगरपालिकाका स्थानीयले गाउँघरमै राम्रो उपचार सेवा पाउने बताए ।

राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले राइनास क्षेत्रका नागरिक स्वास्थ्य सेवा लिन टाढा जानु परेको र सरकारी सेवा सुविधासहितको स्वास्थ्य सेवा पाउन नसकेको अवस्थामा स्तरोन्नति हुने गरी धमिलिकुवा स्वास्थ्य चौकीको भवन निर्माणकार्य सुरु भएको बताए  ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ करोड रुपैयाँ लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो । भवनका लागि मात्रै १२ करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएकोमा भगवती निर्माण सेवा काभ्रेपलान्चोकले भ्याटसहित ७ करोड ९५ लाखमा निर्माण गर्ने सम्झौता गरेको नगरपालिका प्रमुख गोकर्णराज सुयलले बताए । उनका अनुसार २०८१ बैशाख मसान्तसम्म सक्ने गरी गत पुस २० गते निर्माण व्यवसायीले सम्झौता गरेको छ ।

वि.सं.२०७९ माघ १५ आइतवार ०८:०४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:४६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि...

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२५

लुम्बिनी (मर्चवार) : लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म...

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२०

क्यापिटल हिल, वाशिङ्गटन : डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको...

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...