काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको मूल्य समायोजन गरेको छ ।
शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ८०८ रूपैयाँ ६२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ९३८ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
नेरुडे लघुवित्तको २२ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ८२७ रूपैयाँ ८७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १ हजार १० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै दोस्रो दिन सेयरबजारमा कारोबार खुल्नेछ ।
यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि मंगलबार बुक क्लोज गर्दैछन् । तसर्थ, बुक क्लोजको अघिल्लो दिनको सेयर मूल्यलाई आधार मानेर बोनस सेयरमा मूल्य समायोजन गरिन्छ ।
वि.सं.२०७९ माघ १६ सोमवार १६:३३ मा प्रकाशित