back
NMB ad

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड : ८९ हजार जनाले पाए शेयर

Kumari bank ad

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले आज बिहिबार बिहान आइपिओ बाँडफाँड गरेको हो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आईपीओ कुल १४ लाख ७३ हजार ९ सय ६९ जना आवेदकबाट कुल १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ६५ हजार ७ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट कुल ८९ हजार ६ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

कालिन्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणलाई  आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ८ लाख ९६ हजार ४ सय कित्ता सर्बसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई १ लाख ८ हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ।

वि.सं.२०७९ माघ १९ बिहीवार १०:२२ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...